कास्कीमा लागू औषध दुब्र्यसनीको संख्या घट्यो

पाेखरा | चैत २७, २०७९

कास्कीमा लागू औषध दुब्र्यसनीको संख्या घट्यो

पोखरा:   कास्कीमा लागू औषध दुब्र्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९/२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् ।


प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागू औषध दुब्र्यसनी विरुद्ध सञ्चारकर्मीको भुमिका” विषयक सचेतना मुलक कार्यक्रममा आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ४९ थान र २०७८/२०७९ मा  २ सय ४३ थान मुद्धा दर्ता भएको तथ्यांक सार्वजनीक गरिएको थियो ।


अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागूऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनुभयो। अघिल्ला दुई वर्षको आधारमा अहिलेको नौ महिनामा दर्ता भएको मुद्धालाई विश्लेषण गर्दा घटेको देखिएको छ उहाँले भन्नुभयो, “अवको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिदैन ।” 

त्यस्तै लागू औषध दुव्र्यसनकर्ताको उमेर अनुसार सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समुहका रहेका छन् । प्रहरी निरिक्षक मानन्धरका अनुसार १५ देखि २४ उमेर समुहका ५२ प्रतिशत रहेका छन् । भने ४२ प्रतिशत २५ देखि ३५ वर्षका रहेका रहेको उनले बताए ।  ३१ प्रतिशत ११ र १२ कक्षाका विद्यार्थी दुव्र्यसनीमा फसेको प्रहरी निरिक्षक मानन्धले बताउनुभयो। उहााँका अनुसार साथिसंगीहरुका कारण लतमा फस्नेहरुको संख्या दिन प्रतिदिन बढि रहेको प्रति अभिभावकहरु सचेत हुनु पर्ने बताउनुभयो। 


उहाँले अभिभावकहरुले आफ्ना वालवालिकाका बारेमा हरदम जानकारी राख्ने, वालवालिकाको हालसालैको फोटो सधै साथमा राख्ने, वालवालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने, साथी–सँगीको बारेमा जानकारी राख्ने, फोन नंबर राख्ने र  स्कुल÷कलेज तथा अन्य रुटका बारेमा अभिभावकले सधै चनाखो भइ ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो । बालबालिकाको बद्लिदो व्यवहार प्रति चनाखो रहने, वालवालिका अपराधकर्म तर्फ प्रेरित हुनसक्ने बारेमा सजक रहनुपर्नेमा सुझाव दिनुभयो ।


आफना वालवालिकालाईे घरको वातावरण वालवालिका मैत्री बनाउने, प्रतिकुल अवस्था जस्तै विपद्, आपराधिक घटना, बन्धक बनाइएको अवस्था, हराएको अवस्था आदिमा हुनसक्ने सम्भावित खतरामा अपनाउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागू औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने खाँचो रहेको बताउनु भयो  । उहाँले कुलतमा  बालबालिका फस्ने गरेको बताउदै त्यसबाट जोगाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लागू औषध सम्वन्धि विषयलाई नर्सरीदेखिनै पाठ्यपुस्तकमा समावेश गर्नसके रोक्न भुमिका खेल्ने बताउनुभयो।  उहाँले लागु औषध रोक्न म र हामी भन्ने भावनाबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।


 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्